राष्ट्रसेवक
  • १२ साउन २०८१
  • काठमाडौं महानगरले सुरु गर्यो कुहिने र नकुहिने फोहोर उठाउन


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 7, 2022

  • काठमाडौँ ,२१ मंसिर।  बढ्दो सहरीकरण र जनसंख्या बृधिका कारण गत  पाँच महिना देखि  काठमाडौँ महानगरपालिकाले सुरू गरेको स्रोतमै फोहोर वर्गीकरण गर्ने कार्य तत्कालका लागि स्थगन भएको हो ।

    फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने भन्दै गत साउन १ गतेदेखि कामपाले ३२ वटै वडाबाट स्रोतमै फोहोर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापनका लागि लैजान सुरु गरेको हो।

    कामपाको प्रमुख बालेन्द्र शाहको सचिवालय सदस्य सुनिल लम्साल स्थान अभावको कारण उक्त कार्यले निरन्तरता पाउन नसकेको बताएका हुन् । कामपासँग खुला स्थानको अभाव भएकाले केन्द्र सरकासँग एकै स्थानमा कम्तीमा दुई सय रोपनी जग्गा उपलब्ध गराउन माग गरिएको हो।

    सरकारले जग्गा उपलब्ध गराउने भनेर प्रस्तावभने राखेको छ । सरकारले जग्गा उपलब्ध गरे पछी कुहिने र नकुहिने फोहोरको स्रोतमा नै वर्गीकरणको काम पुनः सुरू हुने भएको छ ।

  • ताजा समाचार