राष्ट्रसेवक
  • १५ फागुन २०८०
  • निःशुल्क आँखा शिविरबाट २२९ ले पाए सेवा


    • राष्ट्रसेवक
    •    
    • December 8, 2022

  • जनकपुरधाम, २२ मङ्सिर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टिमा सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय २९ जनाले आँखाको जाँच गराएका छन् ।जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र जानकी आँखा अस्पताल जनकपुरको सहयोगमा सम्पन्न सो शिविरमा जाँच गराएकामध्ये ७६ जनामा मोतियाबिन्दु फेला परेको जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

    मोतियाबिन्दुको समस्या देखिएका बिरामीको जानकी आँखा अस्पताल जनकपुरमा निःशुल्क शल्यक्रिया गरिने जनाएको छ । शिविरमा निःशुल्क आँखा परीक्षण तथा बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको जनकपुरधाम उपमहानगरपालिकाका–१७ का वडाध्यक्ष रामवृक्ष यादवले जानकारी दिनुभयो । शिविरमा नेत्र अधिकृत एवं प्राविधिक टोली प्रमुख रुदलप्रसाद साह नेतृत्वको चिकित्सकको टोलीले आँखा परीक्षण गरेका थिए ।

    शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ लिएको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले बताउनुभयो ।

  • ताजा समाचार