राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ पुग्यो


    • राष्ट्रसेवक
    •    
    • December 9, 2022

  • काठमाडौँ,२३ मंसिर। आज नेपालमा सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ पुगेको हो।

    नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार एकै दिन तोलामा ६०० रुपैयाँले बढेर सुनको मूल्य एक लाख रुपैयाँ नाघेको जनाएको हो  । त्यसैगरी आज चाँदीको मूल्य प्रति तोलामा ३० रुपैयाँले बढेको छ ।

    त्यस्तै बिहीबार छापावल सुन प्रतितोला ९९ हजार ७००, तेजावी सुनको मूल्य ९९ हजार २०० र चाँदीका मूल्य १३ सय ६० रुपैयाँ थियो ।

    आज छापवाल सुनको मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९९ हजार ८०० र चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम रहेको छ ।
  • ताजा समाचार