राष्ट्रसेवक
  • १२ साउन २०८१
  • माया खोला हाइड्रोपावरको आइपिओ खुल्यो


    • राष्ट्रसेवक
    •    
    • December 9, 2022

  • काठमाडौँ,२३ मंसिर।माया खोला हाइड्रोपावरले शुक्रबार देखि आइपिओ निष्कासन गरेको छ।उक्त्त कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको स्रोतले जनाएको छ।

    कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १० लाख रुपैयाँ बराबरबो १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि जारी गर्न लागेको हो।

    जसमध्ये  अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा नम्बर ८ र ९ का स्थानीय, धर्मदेवी नगरपालिकाका वडा नम्बर ३,४,५ का स्थानीय र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयलाई ६ लाख कित्ता सेयर निष्कासन गरेको हो ।

    त्यस्तै प्रभावित क्षेत्रको रूपमा रहेका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता सेयर निष्कासन गरेको छ।

    त्यसैगरी दुबै समूहका लगानीकर्ताले पुस ८ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा स्थानीयले भने पुस २४ गते सम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ।

  • ताजा समाचार