राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ब्राजिललाई हराउँदै क्रोएसिया अन्तिम चारमा


    • राष्ट्रसेवक
    •    
    • December 10, 2022

  • काठमाडौँ,२४ मंसिर। पाँचपटकको विजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया फिफा विश्वकप २०२२ को सेमीफाइनलमा प्रवेश गरेको हो ।

    शुक्रबार राति कतारको राजधानी दोहास्थित एजुकेसन सिटी रंगशालामा भएको खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै क्रोएसिया अन्तिम चारमा पुगेको हो।

    पेनाल्टी सुटआउटमा ब्राजिलका रोद्रिगोको प्रहार क्रोएसियाका गोलकिपर लिभाकोभिकले विफल पारेका थिए भने मार्किन्होसको प्रहार पोलमा लागेको थियो। ब्राजिलका लागि कासिमेरो र पेड्रोले मात्र गोल गरेका थिए।क्रोएसियाका भने सबै खेलाडी पेनाल्टीमा सफल भए।

    यसअघि  निर्धारित र ३० मिनेटको अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।ब्राजिलका लागि नेइमारले खेलको १०५औं मिनेटमा गोल गरेका हुन् ।

    क्रोएसियाले अहिले केही बेरमा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको दोस्रो क्वार्टरफाइनलको विजेतासँग सेमीफाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ।

  • ताजा समाचार