राष्ट्रसेवक
  • १२ साउन २०८१
  • म्याग्दीमा फलेको टिमुर बेल्जियम र कोरिया निर्यात हुदै


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 10, 2022

  • म्याग्दी,२४ मंसिर। खाद्यान्न तथा बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानको लागि आम्दानीको माध्यम बन्दै गएको हो।
    म्याग्दीमा सबैभन्दा धेरै टिमुर खेती बेनी नगरपालिका–१०स्थित तोरीपानीमा हुने गरेको छ। टिमुर कृषक आनन्द रिजालका अनुसार गत वर्ष यहाँ पचास मुरीभन्दा बढी टिमुर उत्पादन भएको थियो। उत्पादित टिमुर बेनी, जोमसोम, पोखरा र काठमाडौँको बजारमा बिक्री हुनाका साथै विदेशमा समेत निर्यात हुन थालेको उनले बताएका हुन् । प्रतिकिलो दुई हजार पाँच सयदेखि चार हजारका दरले टिमुर बिक्री हुने गरेको सम्बद्ध कृषकहरूले बताएका छन् ।

    जिल्लाको २५ हेक्टर जमिनमा टिमुर खेती भएको उक्त कार्यालयले जनाएको छ। धेरैजसो कृषकले बोटबाट टिमुर टिपेर सुकाइ बजारमा पुर्‍याउने गर्दछन्। कतिपय ब्यापारी टिमुर खरिद गर्न गाउँमै आउने गरेका घतानस्थित भूमेसिद्ध टिमुर सञ्जालका अध्यक्ष सागर बानियाँले बताएका छन् ।

    यस वर्ष तोरीपानीमा एक सय दश मुरी टिमुर उत्पादन हुने अनुमान गरिएको उनले जानकारी दिएका थिए साथै सञ्जालअन्तर्गत १९ समूहका करिब एक सय घरधुरी कृषकले टिमुर खेती गरेका छन्। तोरीपानीका साथै नेप्टेचौर, स्यानीखेत, काउलेगौडा, भगवती, ताकम, दरवाङ र मुदी टिमुर खेतीका लागि पकेट क्षेत्र हुन्। असोज–कात्तिक महिना टिमुर टिप्ने उपयुक्त समय भए पनि यस वर्ष फलेको फल बोटमै पकाएर टिप्ने योजना रहेको यहाँका कृषकले बताएका छन् ।

  • ताजा समाचार