राष्ट्रसेवक
  • १२ साउन २०८१
  • कालिकोटमा सुक्खा पहिराको जोखिम


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 10, 2022

  • कालिकोट,२४ मंसिर।कालीकोटको पचालझरना गाउँपालिका–८ को मय गाउँ पहिराको जोखिममा परेको हो।गाउँको जमिन भासिँदै जाँदा मय गाउँ सुक्खा पहिराको जोखिममा परेको छ । पानी नपरेका बेला पनि जमिन भासिँदै गएकाले मय गाउँका ३२ घरधुरी सुक्खा पहिराको जोखिममा परेका छन् भने मय गाउँमा चार दिनदेखि खाली जमिन भासिँदै गएको र नयाँ तथा पुराना घरका पर्खाल फाट्न थालेको पचालझरना गाउँपालिकाका पूर्वध्यक्ष खड्कराज सेजुवालले बताएका हुन् ।
    यस गाउँमा जमिन भासिँदै गएको खबर आएको र त्यहाँ बसोबास गर्नेलाई अन्य ठाउँमा बस्ती सार्न भनिएको इलाका प्रहरी कार्यालय पचालझरनाका प्रहरी प्रमुख जनक भण्डारीले जानकारी दिएका छन् ।

  • ताजा समाचार