राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नेपाली एथलेटिक्स टोली बंगलादेश प्रस्थान


    • राष्ट्रसेवक
    •    
    • December 11, 2022

  • काठमाडौँ,२५ मंसिर।बङ्गलादेशको ढाकामा आयोजना हुने पाँचौँ बिकेएसपी अप  एथलेटिक्स च्याम्पियनसिपमा  सहभागी हुने नेपाली टोली आज  ढाका  तर्फ प्रस्थान गरेका  छन्  । सिद्धान्त अधिकारी अफिसियल रहेको टोलीमा आशाराम गोथे प्रशिक्षक  रहेर यो टोलीलाई लिड  गर्नेछन्।

    मित्रराष्ट्र बंगलादेशको ढाकामा यहि मंसिर २७ गतेबाट २९ गतेसम्म आयोजना हुने ५ औं अन्तराष्ट्रीय आमन्त्रण बि .के.एस.पि. कप एथलेटिक्स च्याम्पियनसिपमा भाग लिनको लागी एथलेटिक्स परिवार, नेपालबाट ७ जना यू-१७ खेलाडी र ४ जना अफिसियल सहित ११ जनाको नेपाली टिम त्यस तर्फ प्रस्थान गरेको छ।

    खेलाडीहरूमा छात्रा तर्फ ब्रीटीसा शिल्पकार,सीमा श्रेष्ठ र क्याथरिन वासुकला समावेश छन् । छात्र तर्फ ऋषि बहादुर कुमाल, ससिल गोर्खाली, विश्वराम कुँवर र पुष्प राज यादव छन् ।
    सम्पूर्ण  नेपालको एथलेटिक्स परिवारले एरपोर्टमै गएर सफलताको शुभकामना साथै बिदाई गरेको छन्।
  • ताजा समाचार