राष्ट्रसेवक
  • १२ साउन २०८१
  • कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी मृत्यु


    • राष्ट्रसेवक
    •    
    • December 11, 2022

  • काठमाडौँ ,२५ मंसिर।  कीर्तिपुरमा स्कुल बसले  ठक्कर दिदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।

    आज आइतबार बिहान ९ बजे चोभार गेटनजिकै बसले सरकारी मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन्। दुर्घटनामा एपिएफ मुख्यालय हेडक्वार्टरमा कार्यरत जवान सुवास चन्द्र रतलाको मृत्यु भएको हो।

    मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको स्कुल बसले बागमती एएए २९०८ नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिदा जवानको मृत्यु भएको हो।

    प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ ।

  • ताजा समाचार