बैतडी,२५ मंसिर ।आजदेखि बैतडीमाअन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताका सबै खेल दशरथचन्द खेल मैदान सुन्दर खालीमा खेलाइनेछ । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने सचिव चन्दले बताएका छन् ।
त्यसैगरी ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख २५ हजार र ट्रफी तथा उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।