राष्ट्रसेवक
  • १२ साउन २०८१
  • आजबाट निर्वाचन आचारसंहिता नरहने


    • राष्ट्रसेवक
    •    
    • December 12, 2022

  • काठमाडौँ ,२६ मंसिर । निर्वाचन आयोगले आज सोमबारबाट निर्वाचन आचारसंहिता नरहने जानकारी दिएको छ ।

    गत ४ मंसिमा  सम्पन्न भएको  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिता आजबाट  नरहने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

    गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ आज मंसिर २६ गतेदेखि लागु नरहने निर्णय भएको  विज्ञप्तिमा उल्लेख गरिएको छ।

    निर्वाचन आचारसंहिता गत १२ असोजदेखि मुलुकभर लागू गरिएको थियो भने आज बाट आचारसंहिता नरहने घोषणा गरेको छ।

  • ताजा समाचार