राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ठेकेदार सम्पर्कविहीन हुदा मध्यपहाडी लोकमार्गको काम ठप्प


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 12, 2022

  • काठमाडौँ ,२६ मंसिर। मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडक कालोपत्रे गर्ने आयोजना सुरु भएपछि धेरै पटक निर्माण कम्पनीले म्याद थपेर पनि काम भने गरेको थिएन ।आजको समयमा आउदा  ठेकेदार भागे पछि लोकमार्गको काम ठप्प भएको छ । लोकमार्गको बागलुङ–अक्षते खण्डमा काम भए पनि अक्षते–घोडाबाँधे खण्डमा भने काम हुन भने  सकेको छैन ।

    उनले ठेकेरादलाई राज्यले कारबाही नगर्दा अहिलेसम्म सडक कालोपत्रे हुन नसकेको बताएका छन्  ।  कँडेलले अटेरी गर्ने ठेकेदारलाई कारबाही गरेर नयाँ सम्झौता गरी काम गरेको भए दुई वर्षअगाडि नै कालोपत्रे भइसक्ने बताउँछन् ।

    निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ करिब एक महिनादेखि सम्पर्कविहीन हुँदा करिब १२ किलोमिटर सडकको काम अलपत्र परेको हो ।

    त्यसैगरी आर्थिक वर्ष २०७२-७३ मा  सडक कालोपत्रेका लागि सूर्य कन्ट्रक्सनले जिम्मा लिएको थियो । तर पछि त्यस कम्पनीबाट निर्माण कम्पनीका श्रेष्ठले कालोपत्रे गर्ने जिम्मा लिएका हुन् ।  उनले अहिलेसम्म आधा काम पनि पूरा गर्न सकेका भने छैनन् । सोहि कामले गर्दा सेवाग्राहीहरु मर्कामा परेको बताउछन् ।

  • ताजा समाचार