राष्ट्रसेवक
  • १२ साउन २०८१
  • कैलालीमा लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 12, 2022

  • कैलाली,२६ मंसिर। कैलालीमा प्रहरीले दुई जना भारतीय नागरिकलाई लागूऔषध  हेरोइनसहित पक्राउ गरेको छ। भारतको लखिमपुर  बेलापुर बस्ने ५० वर्षीय समिर सिंह र ५३ वर्षीय शेर सिंहलाई सीमावर्ती क्षेत्र कैलारी गाउँपालिका–७, वसन्ता गाउँबाट पक्राउ गरिएको छ ।

    उक्त्त लागूऔषध रहेको विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको थियो भने उनीहरूको साथबाट ३४ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताएका छन्।

  • ताजा समाचार