राष्ट्रसेवक
  • १२ साउन २०८१
  • धनुषामा अमृता यादवको धारिलो हतियार प्रहार गरी हत्या


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 12, 2022

  • धनुषा,२६ मंसिर । धनुषामा सोमबार बिहान बटेश्वर गाँउपालिका-५, शान्तिपुरकी २८ वर्षीया अमृता यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

    धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी अमृताको उपचारका क्रममा जनकपुरधामस्थित काव्य अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिएका छन् ।

    बिहानको चार बजेतिर तीन-चार जनाको समूहमा आएका नकावधारी समूहले उनीमाथि धारिलो हतियार प्रहार गरेको उनका श्रीमान् वीरेन्द्र यादवको भनाई रहेको छ।

    सोहि घटनाबारे थप अनुसन्धान भइरहेको क्षेत्रीले बताएका छन् भने  उनका अनुसार प्रहरीले अमृताका श्रीमान् वीरेन्द्रलाई पनि शंकाको रुपमा राखेर अनुसन्धानको  आफ्नो नियन्त्रणमा राखेको छ।

  • ताजा समाचार