राष्ट्रसेवक
  • १२ साउन २०८१
  • डलरको भाउ स्थिर रहँदा युरोको भाउ घट्यो


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 12, 2022

  • काठमाडौँ ,२६ मंसिर। आज सोमबारअमेरिकी डलरको भाउ स्थिर रहेको छ भने  आइतबार एकको खरिददर १३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९४ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भईरहेको छ।

    नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा तोकिएको छ।आइतबार युरो एकको खरिददर १३८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३९ रुपैयाँ २९ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो ३३ पैसा घटेको छ।

    आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६० रुपैयाँ ९८ पैसा र बिक्रीमा १६१ रुपैयाँ ७२ पैसा पाइन्छ भने  अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ २६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ६७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ २१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६५ पैसामा  पाइन्छ।

     

  • ताजा समाचार