राष्ट्रसेवक
  • १२ साउन २०८१
  • कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पद र समूहको लागि आवेदन आह्वान


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 13, 2022

  • कर्णाली ,२७ मंसिर। कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न  समूहमा स्थायी पद पूर्तिका लागि आवेदन आह्वान गरेको छ । प्राविधि र अप्राविधिकतर्फ आयोगले कर्मचारी माग गरेको छ ।

    प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिक–प्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको हो ।

    योग्यता पुगेका उमेदवारहरूले पुस १८ गतेसम्म दरखास्त दिन सक्नेछन् भने तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।

  • ताजा समाचार