राष्ट्रसेवक
  • १२ साउन २०८१
  • त्रिभुवन विश्वविद्यालय फागुन १४ मै स्ववियु निर्वाचन गर्ने तयारीमा


    • राष्ट्रसेवक
    •    
    • December 13, 2022

  • काठमाडौँ,२७ मंसिर।लामो समयदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन गराउने तयारीमा त्रिवि पनि जुटेको छ ।

    त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आगामी फागुन १४ गते नै निर्वाचन गराउने गरी त्रिवि लागिपरेको जानकारी दिएका छन्  ।

    उनले यसैअनुसार सबै क्याम्पसलाई तयारी गर्न जानकारी गराइसकेको बताए । त्रिविका ६२ वटा आंगिक क्याम्पस छन् । त्रिविले ०६५ सालअघिसम्म शैक्षिक क्यालेन्डरमा प्रत्येक २–२ वर्षमा फागुन १४ गते चुनाव गराउने कार्यतालिका राखेर स्ववियु निर्वाचन गराउँदै आएको थियो ।

    त्यस्तै विसं २०६५ चैत ६ गतेपछि एकैपल्ट ८ वर्षमा विसं २०७३ चैत १५ गते स्ववियु चुनाव भएको थियो भने  त्यतिवेला देशभर त्रिविका ६२ आंगिक क्याम्पसमध्ये रत्न राज्य क्याम्पस ), जनप्रशासन क्याम्पससहित उपत्यकामा ९ वटा आंगिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो।

  • ताजा समाचार