राष्ट्रसेवक
  • १२ साउन २०८१
  • आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक पारित


    • राष्ट्रसेवक
    •    
    • August 22, 2022

  • सुदूरपश्चिम, ६ भदौ । सुदूरपश्चिम प्रदेशसभाले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।

    यो विधेयक पारित भएसँगै प्रदेश सञ्चित कोष र अन्य सरकारी कोषको सञ्चालन तथा व्यवस्थापन, लेखा परीक्षण, निकासा तथा खर्चलगायतका कामलाई व्यवस्थित गर्न बाटो खुलेको छ । यसअघि उक्त विधेयकमाथि भएको छलफलमा प्रदेशसभा सदस्य बलबहादुर सोडारी, पठानसिंह बोहरा र मालामती रानाथारूले भाग लिनुभएको थियो ।

    आजकै बैठकमा सुदूरपश्चिम सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि भएको सामान्य छलफलमा प्रदेशसभा सदस्य सुशीला बुढाथोकी, महेशदत्त जोशी, श्यामलाल रानाथारू र मालामती रानाथारूले भाग लिनुभएको थियो । यसअघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरीले उक्त विधेयकमाथि समान्य छलफल गरियोस् भनी पेस गर्नुभएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो ।

  • ताजा समाचार