राष्ट्रसेवक
  • १२ साउन २०८१
  • कर्णाली नदीमा दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव फेला


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 13, 2022

  • कालिकोट,२७ मंसिर। कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदीमा फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो ।

    बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षिय उमेश गिरीको शव सोमबार र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ४ बस्ने २३ वर्षिय सोहि  जेसीबीका चालक मंगल चुडारीको शव  आज मंगलबार फेला परेको छ  ।

    मंसिर २४ गते सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कदै गरेको प्रदेश नं।३ –०१–००३ क ६७७४ नम्बरको जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटना भएको थियो ।

     

  • ताजा समाचार