राष्ट्रसेवक
  • १२ साउन २०८१
  • कोरोना भाइरस विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात


    • राष्ट्रसेवक
    •    
    • December 14, 2022

  • काठमाडौँ,२८ मंसिर। कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको  छ ।  स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख  डा.सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात भएको जानकारी दिएका छन्।

    चौरसियाका अनुसार अहिले सङ्क्रमण घटिरहेकोले माग नहुँदा  खोपको मौज्दात रहेको जानकारी दिएका छन् भने सबैभन्दा बढी भेरोसेल खोप मौज्दात  छ । भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात  छ भने फाइजर ६० हजार सात सय ५६, र फाइजर (बालबालिका) लाई लगाउने चार लाख ९४ हजार सात सय १० मात्रा मौज्दात छ । सबैभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात छ ।

    नेपालमा अहिलेसम्म छ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेकामा  कूल लक्षित जनसङ्ख्यामध्ये ९९ दशमलव पाँच प्रतिशतमा पहिलो मात्रा र ९५ दशमलव सात प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकेको छ । यस्तै कूल जनसङ्ख्याको ७९ दशमलव पाँच प्रतिशतले  पहिलो मात्रा र ७६ दशमलव  पाँच प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

  • ताजा समाचार