राष्ट्रसेवक
  • १२ साउन २०८१
  • घरेलु हिंसाको आरोप लागेका महोत्तरीका डा. चौधरी पक्राउ


    • राष्ट्रसेवक
    •    
    • December 14, 2022

  • महोत्तरी,२८ मंसिर । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा महोत्तरी प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको छ ।

    अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको स्रोतले जनाएको छ।

    चौधरीविरुद्ध नेहाले एक साताअघि घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी थिइन् ।

    तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेको नेहाको  आरोप रहेको छ ।

  • ताजा समाचार