राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बुधबार उच्च उतारचढाव पछी नेप्सेमा ओरालो


    • राष्ट्रसेवक
    •    
    • December 14, 2022

  • काठमाडौँ,२८ मंसिर।  आज बुधबारमा अन्तरदिनको कारोबारमा नेप्से परिसूचक पटक पटक १९ सय विन्दु माथि पुगे पनि बजारको वृद्धिमा नै  टिक्न भने  सकेन।

    बजार बन्द हुँदा नेप्से परिसूचक अघिल्लो दिनकोभन्दा २.६२ अंकले घटेर १८९७ विन्दुमा आएको छ। यस दिन कारोबार रकममा समेत कमि आएको छ। अघिल्लो दिन ७७ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार मात्रै ७२ करोड रूपैयाँको सेयर किनबेच भएको हो।

    आज सिवाइसी नेपाल लघुवित्त र इस्र्टन हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतको दरमा बढेको छ।

    त्यस्तै वित्त, होटेल एण्ड टुरिज्म, जलविद्युत्, लगानी र उत्पादनमुलक समूहको परिसूचक मात्रै वृद्धि भएका छन् भने कारोबारमा आएक दुई सय ४६ वटा धितोपत्र तथा ऋणपत्रमा ९७ वटाको मूल्य बढेको छ भने एक सय २५ वटाको मूल्य घटेको स्रोतले जनाएको छ ।

  • ताजा समाचार