राष्ट्रसेवक
  • १२ साउन २०८१
  • लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा


    • राष्ट्रसेवक
    •    
    • December 14, 2022

  • दाङ,२८ मंसिर।लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीमा आजदेखि औपचारिक कार्यान्वयनमा आएको छ।आज दिउँसो १२ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उद्घाटन एवं झण्डत्तोलनको कार्य भएको छ।

    समारोहमा प्रदेश प्रमुख शेरचन, हालका मुख्यमन्त्री कुलप्रसाद केसी, निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश सभाका निवर्तमान सभामुख पूर्ण घर्तीले कार्यक्रममा सम्बोधन गरेका छन् ।

    स्थायी राजधानीको औपचारिक सुरुवात भएको खुशीयालीमा स्थानीयले आज कलासंस्कृति झल्किने झाँकी प्रदर्शन गरेका छन्।

    राजधानी रहेको राप्ती गाउँपालिकाले राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण मूल समिति सहित विभिन्न उपसमिति गठन गरेर भव्य स्वातग गरेको हो  भने  २०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको नामकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यका तोकेको थियो ।

  • ताजा समाचार