राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सङ्घीय संसद् र ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिस (जिसिटिपी) बीच सहकार्य गर्ने समझदारी


    • राष्ट्रसेवक
    •    
    • August 22, 2022

  • काठमाडौँ, ६ भदौ । नेपालको सङ्घीय संसद् र ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिस (जिसिटिपी) बीच विश्व शान्ति र सहिष्णुताबारे सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज भएको एक समारोहमा सङ्घीय संसद्का सचिव गोपालनाथ योगी र ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिसका म्यानेजर डा जोरन इलिइभस्कीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

    सन् २०१७ मा शान्ति र सहिष्णुताको मूल्य मान्यता प्रवद्र्धन, भेदभाव, साम्प्रदायिकता, जातीय भेदभावविरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्यले स्थापित यस संस्थाले छोटो समयमा आफूलाई विश्वव्यापीरूपमा स्थापित गर्न सकेको छ । सो अवसरमा सभामुख अग्निप्रसाद सापकोटाले समझदारीले विश्व शान्ति कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै काउन्सिल फर टोलरेन्स एण्ड पिस संस्थाको उद्देश्य महिला, युवा र अपाङ्गता व्यक्तिको सशक्तीकरण गर्ने भएकाले पनि समझदारी गरिएको प्रष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो, “भनिरहनुपर्दैन कि अहिलेको विश्वमा शान्ति, सहिष्णुताको महत्व कति छ ? अहिले रुस र युक्रेनको सवाल र अन्य विश्वभरि देखिएका घटनाक्रम हुन, यसअर्थमा शान्ति स्थापनाको अत्यन्त महत्व छ, आजको यो कार्यक्रममा कतै न कतै विश्व शान्तिमा योगदान पु¥याउने छ भन्नेमा विश्वास छ ।”

    झण्डै ७५ वर्षको राजनीतिक उतारचढावका बीच नेपालले धैरै नयाँ र महत्वपूर्ण काम गरेको उल्लेख गर्दै सभामुख सापकोटाले शान्ति प्रक्रियाका केही बाँकी काम टुङ्गो लगाउने प्रक्रियामा रहेको बताउनुभयो । समझदारीले नेपालको संसदीय अभ्यासमा पनि कहीँ न कहीँ सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसअघि आज बिहान (जिसिटिपी) को प्रतिनिधिमण्डलले सभामुख सापकोटासँग शिष्टाचार भेट गरेको थियो ।

  • ताजा समाचार