राष्ट्रसेवक
  • १२ साउन २०८१
  • प्रतिनिधि सभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित


    • राष्ट्रसेवक
    •    
    • December 15, 2022

  • काठमाडौँ,२९ मंसिर।निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यमा कांग्रेसबाट जीवन परियार (कास्की), शान्ति परियार (चितवन), रुपा विक (कपिलवस्तु), सीता मिजार (नुवाकोट) र आशा विक (बाँके) सहित दलित समुदायबाट पाँच जना निर्वाचित भएका छन् ।

    नेकपा (एमाले) बाट ईश्वरबहादुर रिजाल (दोलखा), प्रभु हजरा दुसाध (पर्सा), चन्द्र विश्वकर्मा (रुकुमपश्चिम), रुक्मणि राना बराइली (काभ्रेपलाञ्चोक) र हर्कमाया विश्वकर्मा (झापा) समानुपातिकमा निर्वाचित भएका छन्।

    नेकपा माओवादी केन्द्र बाट भने रणेन्द्र बराइली (चितवन) र सुशीला श्रीपाइली (अर्घाखाँची) निर्वाचित भएका छन् भने  त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा सन्तोष परियार र शिव नेपाली निर्वाचित भएका हुन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिता नेपाली निर्वाचित भएकी छन्।

    त्यसैगरी  प्रदेश सभामा दलित समुदायको प्रतिनिधित्व ३० पुगेको हो ।

  • ताजा समाचार