राष्ट्रसेवक
  • १२ साउन २०८१
  • काठमाडौं महानगरपालिकाले मनायो २८ औं महानगर दिवस


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 15, 2022

  • काठमाडौँ ,२९ मंसिर। काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवसको वसन्तपुरमा  एक कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाएको छ ।

    २०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा  महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको हो।

    दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम गरेको छ । टेकु दोभानमा नदी सरसफाइ तथा महानगरपालिकाका ५० खुला तथा सार्वजनिक ठाउँमा सरसफाइ भएको छ । त्यस्तै कला संस्कृतिलाई संरक्षण  गर्न  र  त्यसका  बारेमा  जानकारी गराउने उद्देश्यले विभिन्न कार्यक्रम गरिएको महानगरले जानकारी दिएको हो  ।

     

  • ताजा समाचार