राष्ट्रसेवक
  • ०९ कात्तिक २०८१
  • उपराष्ट्रपति नन्दबहादुर पुनलाई निर्वाचन प्रतिवेदन उपलब्ध


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 15, 2022

  • काठमाडौँ,२९मंसिर।उपराष्ट्रपति पुनलाई निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उपलब्ध गराएको हो । उपराष्ट्रपति पुनलाई उनको कार्यालय लैनचौरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन उपलब्ध गराएका हुन् ।

    सोहि अवसरमा उपराष्ट्रपति पुनले निर्वाचन एक चुनौतीपूर्ण कार्य हुँदा हुँदै पनि विगतका निर्वाचनको तुलनामा बढी व्यवस्थित, स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न भएको र यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र आयोगको प्रतिष्ठा बढेको बताएका छन्।

    यहि अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको सारसंक्षेप, असल अभ्यास एवं चुनौतीबारे अवगत गराएका हुन्।

  • ताजा समाचार