राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पाँचौं राष्ट्रिय झण्डा दिवस सम्पन्न


    • राष्ट्रसेवक
    •    
    • December 16, 2022

  • काठमाडौँ,१ पुष।हरेक वर्षझै यस वर्ष पनि आज पुस १ गते विभिन्न कार्यक्रम गरी पाँचौ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।
    राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको छ।

    प्रतिष्ठानले २०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको राष्ट्रिय धरोहर संरक्षणका सस्थापक अध्यक्ष राजानन्द माण्डव्य जानकारी दिनुभएको छ।

    त्यस्तै अब राष्ट्रिय झण्डा दिवसलाई सरकारले राष्ट्रिय दिवसको मान्यता दिनुपर्ने माण्डव्यको माग रहेको छ।
    २०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो। सोही दिनको सम्झनामा प्रतिष्ठानले २०७५ पुस १ गतेदेखि सोहि दिवसको रूपमा मनाउँदै आएको हो ।

  • ताजा समाचार