राष्ट्रसेवक
  • १२ साउन २०८१
  • तराईमा चिसो बढ्यो


    • राष्ट्रसेवक
    •    
    • December 18, 2022

  • बर्दिया, ३ पुस । बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर भएको छ । बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ ।

    शीतलहरसँगै जाडोका कारण जनजीवन प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढेको छ ।

    चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न सुरु गरेका छन् । दिउँसो अलि–अलि घाम लागे पनि बिहान–बेलुका भने चिसोले काम गर्नसमेत समस्या पारेको बर्दिया मधुवनका यामप्रसाद शर्माले बताउनुभयो । शीतलहरका कारण तरकारी बालीसमेत प्रभावित भएको छ । शीतलहरले आलु, गोलभेँडा र अन्य सागपातमा समेत असर पु¥याएको मधुवन नगरपालिका–८ का कृषक टोपबहादुर भाटले बताउनुभयो ।

  • ताजा समाचार