राष्ट्रसेवक
  • १२ साउन २०८१
  • शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक भूमहीमा


    • राष्ट्रसेवक
    •    
    • December 18, 2022

  • काठमाडौँ, ३ पुस । मानवअधिकार तथा शान्ति समाजको २५औँ राष्ट्रिय परिषद् बैठक नवलपरासी बर्दघाट सुस्ता पश्चिम शाखाको संयोजनमा यही पुस २९–३० गते भूमहीमा हुने भएको छ ।

    राष्ट्रिय परिषद् शान्ति समाजको सर्वोच्च नीति निर्णायक निकाय हो । दुई सय ५० भन्दा बढी अधिकारकर्मीको सहभागिता रहने २५औँ राष्ट्रिय परिषद् बैठकका दौरान आगामी दुई वर्षका लागि २७ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचन पनि हुनेछ । राष्ट्रिय परिषद् बैठकमा आधा दर्जन प्रस्तावसहित वार्षिक गतिविधि प्रतिवेदनलगायत दस्तावेज प्रस्तुत हुने समाजका महासचिव रामकृष्ण बरालले राससलाई जानकारी दिनुभयो ।

    राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि समाजको नवलपरासी पश्चिम शाखाका पूर्वसभापति सन्तोष अधिकारी क्षेत्रीको संयोजकत्वमा मूल तयारी समितिसहित १३ वटा उपसमिति गठन भएको छ । शाखा सभापति गणेश न्यौपानेको सभापतित्वमा बसेको जिल्ला कार्यसमिति बैठकले मूल तयारी समिति/उपसमिति गठन गर्नुका साथै राष्ट्रिय परिषद्को सेरोफेरोमा वृक्षरोपण, शान्ति ¥याली, सफाइ, लागू औषध/मदिरा दुव्र्यसन विरुद्ध शैक्षिक प्रतिष्ठानमा सचेतना कार्यक्रमलगायत एक दर्जन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

    राष्ट्रिय परिषद्को उद्घाटन सत्रमा समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायत नागरिक अगुवाले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी पनि उहाँले गराउनुभयो ।

  • ताजा समाचार