राष्ट्रसेवक
  • १२ साउन २०८१
  • फागुनको पहिलो हप्तादेखि मौलाकालिका केबलकार सञ्चालनमा


    • राष्ट्रसेवक
    •    
    • December 19, 2022

  • कावासोती,४ पुस। नवलपरासीको गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान अब तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ।

    गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले बताएका छन्।निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ।

    सोहि कामका लागि स्थानीय धार्मिक र सामुदायिक वनको सानाठूला गरी एक हजारभन्दा बढी रुख कटान गरिएको थियो। वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा सालकासहित एक हजार ३८ रूख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ।

    मौलाकाली केबलकार प्रालिले करिब रु एक अर्ब ५० करोडको लागतमा आयोजना अगाडि बढाएको हो। यही पुस महिनाबाट सञ्चालनमा ल्याउने तयारीसहित केबलकार निर्माण अगाडि बढाइएको भए पनि कोभिडलगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको कम्पनीले जनाएको हो ।

  • ताजा समाचार