राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नेपाल विद्युत् प्राधिकरणले अव्यवस्थित तारहरु हटाउने


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 20, 2022

  • काठमाडौँ ,५ पुस। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानका रहेका अव्यवस्थित तार हटाउने निर्णय लिएको छ ।  विद्युत्    प्राधिकरणले आइतबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बूढानिलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको छ ।

    प्राधिकरणले त्यस प्रकारका तार गत मङ्सिर १८ हटाउने जानकारी गराएको थियो । प्राधिकरणको आग्रह बमोजिम सेवा प्रदायक संस्थाले सूचना बमोजिमको व्यवस्थापन कार्य नभएको पाइएकाले अब यही पुस ११ देखि आफै हटाउने भएको छ ।

    प्राधिकरणले त्रिपुरेश्वर सुन्धारा, रत्नपार्क, केशरमहल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोकदेखि बूढानलिकण्ठसम्मको अव्यवस्थित तार आफै हटाउने भएको छ  ।

    प्राधिकरणले  नेविप्रा ऐन, २०४१ को दफा १९ बमोजिम अव्यवस्थित तार हटाउन लागेको जानकारी दिएको  छ । प्राधिकरणले त्यसबाट हुनसक्ने नोक्सानीका लागि आफू जिम्मेवार नहुने समेत स्पष्ट पारेको छ भने  उक्त कार्यबाट टेलिफोन, इन्टरनेट, केबल टिभी उपभोक्तालाई पर्नसक्ने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

  • ताजा समाचार