राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पोखरा फाइनान्सले ४ प्रतिशत बोनस दिने


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 20, 2022

  • काठमाडौँ,५ पुस।  पोखरा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ४ प्रतिशत बोनस वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ४ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ ।

    फाइनान्सको ५१२औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजी १ अर्ब ४ करोड ९ लाख १९ हजारको ४ प्रतिशत बोनस सेयर दिने भएको हो । यससँगै, कम्पनीले ४ करोड १६ लाख ३६ हजार रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने जनाएको हो ।

    यस्तै, ०.२१ प्रतिशतका दरले हुन आउने २१ लाख ८५ हजार रुपैयाँ बराबरको नगद लाभांस समेत वितरण गर्ने जनाएको छ भने यो नगद लाभांस कर प्रयोजनका लागि वितरण गरिने फाइनान्सको सञ्चालक समितिको निर्णय रहेको हो ।

  • ताजा समाचार