राष्ट्रसेवक
  • १२ साउन २०८१
  • मंगलबार नेप्से परिसूचक १४.२२ अंकले बढ्यो


    • राष्ट्रसेवक
    •    
    • December 20, 2022

  • काठमाडौँ ,५ पुस। मंगलबार नेप्से परिसूचक १४.२२ अंकले बढेको छ भने त्यस्तै नेप्से ०.७६ प्रतिशतले घटेर १८७३.११ बिन्दुमा पुगेर बन्द भएको हो ।नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ।

    अघिल्ला  कारोबार दिन अर्थात् सोमबार ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँ पुगेको छ।

    आजको  दिन २५७ वटा धितोपत्रको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको छ। आज मंगलबार आधिखोला लघुवित्त, श्रृजनशिल लघुवित्त र धैलागिरी लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बढेको हो ।

    त्यस्तै, धैलागिरी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६०० रुपैयाँ २० पैसा पुगेको छ।

    यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा सनराइज ब्युचिप फण्ड रहेको छ।

    उक्त योजनाको इकाइ मूल्य ४.६७ प्रतिशतले घटेर इकाइ मूल्य ७ रुपैयाँ १५ पैसामा झरेको छ।

    त्यस्तै, दोस्रोमा गरिमा डिबेञ्चर २०८५ रहेको छ। उक्त डिबेञ्चरको मूल्य ३.९४ प्रतिशतले घटेर प्रति डिबेञ्चर मूल्य ८०१ रुपैयाँ १० पैसा कायम भएको छ।

    मंगलबार सर्वाधिक सेयर खरिद–बिक्री नेपाल दूरसञ्चार कम्पनीको भएको छ।  आज उक्त कम्पनीको ९३१ रुपैयाँमा ६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा ०.७५ प्रतिशतले बढेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सिभिल बैंक रहेकोे छ भने उक्त कम्पनीको २१८ रुपैयाँ ७० पैसामा ४ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

    त्यसैगरी , आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

  • ताजा समाचार