राष्ट्रसेवक
  • १२ साउन २०८१
  • १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पुरूष पक्राउ


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 20, 2022

  • भक्त्तपुर,५ पुस। भक्त्तपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको छ।

    सूर्यविनायक नगरपालिका-४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका-६ का २९ वर्षीय महमद आरिफ शेखलाई प्रहरीले  सोमबार साँझ पक्राउ गरेको हो।

    शेखले  ती किशोरीलाई सूर्यविनायक नगरपालिका-४ मोर्डन चोकमा लगेर आइतबार राति बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी खटिएको थियो।

    प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो भने  थप अनुसन्धान भईरहेको छ ।

     

  • ताजा समाचार