राष्ट्रसेवक
  • १२ साउन २०८१
  • प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण पुस ७ मा


    • राष्ट्रसेवक
    •    
    • December 20, 2022

  • काठमाडौँ,५ पुस। काठमाडौंको  बानेश्वरस्थित प्रतिनिधि सभा बैठक कक्षमा पुस ७ गते दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम रहेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका हुन् । नवनिर्वाचन प्रतिनिधि सभा सदस्यलाई दुई घण्टा अगावै उपस्थित हुन सूचना जारी गरिएको छ।

    शपथ ग्रहण गर्न आउँदा निर्वाचन आयोगले दिएको प्रतिनिधि सभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुई प्रति फोटो पनि बोकेर आउनु पर्ने छ।

    सांसदहरूले आफ्नै  मातृभाषामा पनि शपथ लिन सक्नेछन्। त्यसका लागि शपथ ग्रहणको तीन दिनअघि संसद् सचिवालयलाई जानकारी दिनुपर्ने महासचिव गौतमले जानकारी दिएका छन्।

    यसअघि २०७४ सालमा ४६ सांसदले नेपाली बाहेक ११ वटा मातृभाषामा शपथ लिएका थिए भने जसमा मैथिली, थारू, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बज्जिका, नेवारी, उर्दू, तामाङ भाषा लगायत रहेका थिए ।

    प्रतिनिधि सभाका नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ खुवाउने व्यवस्था रहेको  छ।

  • ताजा समाचार