राष्ट्रसेवक
  • १२ साउन २०८१
  • मकवानपुरमा बसको ठक्‍करबाट एक महिलाको मृत्यु


    • राष्ट्रसेवक
    •    
    • December 21, 2022

  • मकवानपुर,६ पुस।  मकवानपुरको मनहरीमा बसको ठक्‍करबाट एक जना महिलाको मृत्यु भएको छ । हेटौंडा–नारायणगढ सडक खण्ड अन्तर्गत पर्ने मनहरी गाउँपालिका-९ खरङ्गामा बुधबार बिहान बसको ठक्‍करबाट ४५ वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

    मृत्यु हुनेमा भोजपुर नगरपालिका वडा नम्बर ७ कोदार बस्ने सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिएका छन्  ।

    घिमिरेका अनुसार, बिहान ४ बजेको समयमा झापाको काँकडाभित्ताबाट स्याङजातर्फ जाँदै गरेको ना ५ ख ६१०३ नम्बरको रात्रि बस चिया खान रोकिएको अवस्थामा उक्त बसमा सवार मिजारलाई बाटो क्रस गर्ने क्रममा नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको लु २ ख ४६०७ नम्बरको बसले ठक्‍कर दिएको हो  ।

    बसको ठक्‍करबाट गम्भीर घाइते भएकी मिजारको उपचारको क्रममा आज बिहान ७:३० बजे  हेटौंडा-११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताएका छन्  ।
  • ताजा समाचार