राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बारपाक सुलिकोटमा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया


    • राष्ट्रसेवक
    •    
    • December 22, 2022

  • गोरखा, ७ पुस । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाको समन्वय तथा नेपाल नेत्रहीन सङ्घ, नेपाल नेत्र ज्योती सङ्घ र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा १५ दिनसम्म चलेको निःशुल्क आँखा शिविरका क्रममा मोतियाबिन्दु भएका बिरामीको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिनुभयो । उनीहरुको ताकुमाझ लाकुरीबोट स्वास्थ्यचौकीमा निःशुल्क शल्यक्रिया गरिएको हो ।

    शिविरबाट पालिकाभित्रका छ सयभन्दा बढी आँखाका बिरामीले निःशुल्क सेवा लिएका भट्टले बताउनुभयो । “गाउँपालिकाभित्र रहेका आठ वडामध्ये वडा नम्बर १ र २ मा मोतियाबिन्दु पहिचान भएका ४३ जनाको शल्यक्रिया गर्न बाँकी छ”, भट्टले भन्नुभयो । उनीहरुको यही पुस ११, १२ र १३ गते शल्यक्रिया गरिने भएको छ । शिविरमा आँखा परीक्षणका क्रममा समस्या देखिएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

  • ताजा समाचार