काठमाडौँ,११ पुस। आइतबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।