राष्ट्रसेवक
  • १२ साउन २०८१
  • एमाले कर्णाली प्रदेशसभा दलको नेतामा कँडेल


    • राष्ट्रसेवक
    •    
    • December 28, 2022

  • कर्णाली, १३ पुस । नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल चयन हुनुभएको छ । एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतरूपमा दलको नेतामा चयन गरेको हो । संसदीय दलको नेतामा सुर्खेत क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कँडेलसँगै दैलेख क्षेत्र २ (२)बाट निर्वाचित प्रदेशसभा सदस्य एवं एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको दाबी थियो ।

    आफूले दाबी छोडेपछि कँडेल सर्वसम्मत दलको नेतामा चयन भएको अध्यक्ष शाहले जानकारी दिनुभयो । नेता कँडेल विसं २०७४ मा पनि प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो । हाल उहाँ एमालेको स्थायी कमिटी सदस्य र कर्णाली प्रदेश इञ्चार्ज हुनुहुन्छ ।

  • ताजा समाचार