राष्ट्रसेवक
  • १२ साउन २०८१
  • होल्डिङ सेन्टर सेनालाई हस्तान्तरण


    • राष्ट्रसेवक
    •    
    • August 26, 2022

  • बाँके, १० भदौ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा निर्माण गरिएको होल्डिङ सेन्टर ठेकेदार कम्पनीले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । ठेकेदार कम्पनी हनुमान कन्स्ट्रक्सनले श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि उत्तम विष्टलाई होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण गरेको हो । विसं २०७८ साउनमा होल्डिङ सेन्टर निर्माण अघि बढाइएको थियो । होल्डिङ सेन्टर एक हजार शय्या (बेड) को रहेको छ ।

    होल्डिङ सेन्टरको निर्माण नेपाली सेनामार्फत नै ठेकेदारलाई दिइएको थियो । ठेकेदारले काम सम्पन्न गरेर सेनालाई हस्तान्तरण गरेको हो । सेनाले उक्त संरचना सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । सहायक रथि विष्टले संरचना तयार भइसकेकाले अब स्थानीय निकाय वा प्रमुख जिल्ला अधिकारीमार्फत हस्तान्तरण गरिने बताउनुभयो । सीमावर्ती जिल्ला र सुरुआती चरणको कोरोना महामारीका समयमा बाँके ‘हटस्पट’ बनेपछि बिरामी राख्ने ठाउँ नहुँदा होल्डिङ सेन्टर निर्माण अघि बढाइएको थियो ।

  • ताजा समाचार