राष्ट्रसेवक
  • ३० असार २०८१
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले सघाउने


    • राष्ट्रसेवक
    •    
    • January 1, 2023

  • पोखरा, १७ पुस । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताउनुभएको छ ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रको आजको आवश्यकता राजनीतिक स्थायित्व र सामाजिक न्याय भएको उहाँको भनाइ थियो ।

    “विकास, समृद्धी र सुशासन आजको आवश्यकता हो”, मन्त्री पौडेलले भन्नुभयो । अर्थतन्त्रमा केही समस्या भए पनि काबूभन्दा बाहिर नरहेको उल्लेख गर्दै उहाँले यसलाई लयमा फर्काउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पौडेलले नवनिर्मित विमानस्थललाई चितवन, भैरहवालगायतका गन्तव्यसँग जोड्नुपर्ने बताउनुभयो ।

  • ताजा समाचार