राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सल्लेरी तामाखानी सडक निर्माणमा नगरपालिकाको चासो


    • राष्ट्रसेवक
    •    
    • January 5, 2023

  • सोलुखुम्बु, २१ पुस । निर्माणाधीन सल्लेरी तामाखानी सडकको सोलु दूधकुण्ड तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आग्रह गरिएको छ । प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास तथा सहरी विकास मन्त्रालयको रु ४२ करोड लागतमा सुरु भएको ग्राबेलको बुधबार सोलु दूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले निरीक्षण गर्नुभएको हो । उक्त सडक सल्लेरी तामखानी जोड्ने मात्र नभएर लिखुपिके गाउँपालिकाबाट स्थलमार्ग हुँदै सदरमुकाम सल्लेरी जोड्ने सबैभन्दा छोटो मार्गसमेत हो ।

    सल्लेरी थापाटोलको जिरोप्वाइन्टदेखि तामाखानी क्षेत्रसम्म करिब १३ किलोमिटर सडक ग्राबेलसहित, ग्याभिङ, साइड खन्नेलगायतको काम यो चरणमा हुने जनाइएको छ ।

    सडक ग्राबेलको ठेक्का ओसेस इन्जिनियर विल्डर्स प्रालिले रु २१ करोड २३ लाखमा पाएको हो । तोकिएकै समयमा गुणस्तरीय काम सक्ने सवालमा आफूहरु प्रतिबद्ध रहेको निर्माण कम्पनीका प्रतिनिधि तीर्थराज न्यौपानेको भनाइ छ । कम्पनीले डेढ वर्षभित्र काम सक्ने गरी गत असारमा निर्माणकार्य सम्झौता गरेको हो ।

    देउसावासीलाई जाम जुस बनाउने तालिम

    सोलुखुम्बुको देउसाका ३५ कृषकलाई जुस तथा जाम बनाउने तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना र वडा कार्यालयको समन्वयमा थुलुङ दूधकोसी गाउँपालिका–७ मा कृषकलाई फलफूलबाट जुस तथा जाम बनाउने तालिम दिइएको हो ।

    तालिममा सहभागी कृषक पासाङ तामाङले स्थानीयस्तरमा उत्पादन भएका कृषिउपजबाट पनि उद्यमी बन्न सकिने रहेछ भन्ने कुरा तालिमबाट थाहा पाएको बताउनुभयो । घरेलु तथा साना उद्योग विकास अधिकृत सङ्गीता राईले उत्पादन भएका फलफूलले बजारीकरण नपाएको अवस्थामा वडाको मागअनुसार कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका विभिन्न पालिकामा जुस तथा जाम बनाउने तालिम प्रदान गरिरहेको छ ।

  • ताजा समाचार