राष्ट्रसेवक
  • १२ साउन २०८१
  • क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो


    • राष्ट्रसेवक
    •    
    • January 9, 2023

  • काठमाडौँ, २५ पुस । ठमेलभित्र अनैतिक क्रियाकलाप गरी घरधनी तथा व्यवसायीलाई दुःख दिने क्यानेडियन नागरिकलाई पक्राउ गरी अध्यागन विभागलाई बुझाइएको छ ।

    ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँगको सहकार्यमा आइतबार क्यानडाका नागरिक टारास टान्सोभलाई ठमेलबाट पक्राउ गरी अध्यागमन विभाग बुझाएको हो ।

    परिषद्का अध्यक्ष भविश्वर शर्माले विगत ६ महिनादेखि बिना भिसा ठमेल क्षेत्रमा बसेर ठमेलका घरधनी तथा व्यवसायीलाई अनावश्यक दुःख दिने तथा अनैतिक गतिविधिमा सङ्लग्न रहेका पाइएपछि पक्राउ गरी अध्यागमन विभाग बुझाइएको जानकारी दिनुभयो ।

    “ठमेल घुम्न आउने पर्यटक तथा यस क्षेत्रका घरधनी तथा व्यवसायीलाई लुटपाट गर्ने गरेको उजुरीका आधारमा परिषद्को पहलमा उनलाई पक्राउ गरेका हौँ”, अध्यक्ष शर्माले भन्नुभयो ।

    पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पु¥याएर स्वदेश फर्काउन अध्यागमनले प्रक्रिया सुरु गर्नेछ ।

  • ताजा समाचार