राष्ट्रसेवक
  • १२ साउन २०८१
  • तुलसीपुरमा लेखापालको तलब बढ्यो


    • राष्ट्रसेवक
    •    
    • January 22, 2023

  • तुलसीपुर, ८ माघ । तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले गतको साउन महिनादेखि लागू हुने गरी रु दुई हजार तलब बढाएको हो । यससँगै अब लेखापालले रु २० हजार पाँच सय तलब पाउनेछन् । यसअघि उपमहानगरपालिकाभित्रका लेखापालको तलब रु १८ हजार पाँच सय थियो ।

    तुलसीपुर नगर विकासको पूर्णता

    तुलसीपुर नगर विकास समितिले पूर्णता पाएको छ । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का पदेन अध्यक्ष रहने उक्त समितिको सदस्यमा नागरिक समाज दाङका पूर्वध्यक्ष टीकाराम रेग्मी, एमाले नेता सपना भण्डारी बस्नेत, विज्ञ सदस्यमा डा नहकुल केसी र मधुकराज भण्डारीलाई मनोनित गरिएको हो । उहाँहरूको मनोनितसँगै नगर विकास समितिले पूर्णता पाएको छ ।

    तुलसीपुर उपमहानगरपालिकाको नगरसभा माघ २० गते बस्ने भएको छ । १२औँ नगरसभा बैठक यही माघ २० गते बस्ने निर्णय भएको हो ।

  • ताजा समाचार