राष्ट्रसेवक
  • १२ साउन २०८१
  • रवि लामिछानेले लिनुभयो नेपाली नागरिकता


    • राष्ट्रसेवक
    •    
    • January 29, 2023

  • रवि लामिछानेले नेपाली नागरिकता लिनुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।

    काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि निवेदन दर्ता गरेको र लामिछानेले आज दिउँसो नागरिकता लिएको जानकारी दिनुभयो । साढे ११ बजेतिर कार्यालय पुग्नुभएका उहाँले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।

    सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उहाँले सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको पद खारेज भएको थियो ।

    लामिछानेले आज प्रक्रिया पूरा गरी पुनः नागरिकता लिनुभएको हो । अमेरिकी नागरिकता त्यागे पनि लामिछानेले नेपाली नागरिकताको पुनः प्राप्तिका लागि निवेदन दिनुभएको थिएन । लामिछाने गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

  • ताजा समाचार