राष्ट्रसेवक
  • १२ साउन २०८१
  • राष्ट्रियसभाको आजको बैठकमा वार्षिक प्रतिवेदन पेश


    • राष्ट्रसेवक
    •    
    • February 14, 2023

  • काठमाडौँ, २ फागुन । राष्ट्रियसभाको आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेश गर्नुभएको हो ।

    त्यस्तै, बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सभासमक्ष पेश गर्नुभयो । सो आदेश गत असोज २८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको थियो ।

    त्यस्तै बैठकमा प्रतिनिधिसभाका पूर्वसदस्य कर्मा घलेको निधन भएकामा शोक प्रस्ताव प्रस्तुत गरियो । पूर्वसांसद घलेको हालै निधन भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव पेश गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १४ गते आइतबार १ बजे बस्नेछ ।

  • ताजा समाचार