राष्ट्रसेवक
  • १३ वैशाख २०८१
  • खोटाङ उद्योग वाणिज्य सङ्घमा आचार्य


    • राष्ट्रसेवक
    •    
    • March 31, 2023

  • खोटाङ, १७ चैत । खोटाङ उद्योग वाणिज्य सङ्घको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा राजनप्रसाद आचार्य विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीलाई १९६ मतान्तरले पराजित गर्नुभएको हो । बिहीबार भएको निर्वाचनमा आचार्यले तीन सय ३४ तथा एक सय ३८ मत प्राप्त गर्नुभयो ।

    निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीका अनुसार कुल छ सय ७१ मतदाता रहेकामा चार सय ८० मत खसेको थियो । महासचिवमा अजय बस्नेत विजयी हुनुभयो । उहाँले सुमन श्रेष्ठलाई पराजित गर्नुभयो । कोषाध्यक्षमा युधिर शाक्य विजयी हुनुभयो । उहाँले नेत्रबहादुर कटवाललाई हराउनुभएको हो ।

    सङ्घको सदस्यमा कुमार बजिमय, कृष्णकुमार श्रेष्ठ, टङ्कप्रसाद आचार्य, रोशन सैंजु, विपिन श्रेष्ठ, हिरालाल पुरी र कैलाश भट्टराई निर्वाचित हुनुभएको निर्वाचन अधिकृत कार्कीले जानकारी दिनुभयो । वरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का तथा महिला सदस्यमा गोपीमाया आचार्य, रेनुका पोखरेल र विमला राई यसअघि नै निर्विरोध चयन हुनुभएको थियो ।

  • ताजा समाचार