राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ५४ हजार मतसहित चितवन २ मा रवि लामिछाने फेरि विजयी


    • राष्ट्रसेवक
    •    
    • April 25, 2023

  • चितवन, १२ वैशाख । बैशाख १० गते भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन् ।

    सभापति लामिछानेले ५४१७५ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११११४ मत पाएका छन् । उनीहरूबीच ४३०६१ मतान्तर रहेको छ ।

    यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए । त्यसबेला उनले ४९ हजार ३ सय मत पाएका थिए । अमेरिकी नागरिकता लिएर फेरि नेपाली नागरिकता नलिएको मुद्दामा उनको सांसद पद र गृह मन्त्री पद गुमेको थियो । उनले सांसद पद गुमाएकै कारण चितवन–२ मा उपनिर्वाचन भएको हो ।

  • ताजा समाचार