राष्ट्रसेवक
  • १८ फागुन २०८०
  • आज जैविक विविधता दिवस


    • राष्ट्रसेवक
    •    
    • May 22, 2023

  • प्रिन्स तिम्सिना
    काठमाडौँ, ८ जेठ । ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ ।

    संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ ।

    जमिन तथा पानीको सतहमा रहने प्राणी तथा वनस्पति एवं सूक्ष्म जीवको जीवनचक्रसहित वातावरणीय पक्षलाई समेत केन्द्रमा राखेर विश्वभर चेतनामूलक कार्यक्रम हुने गरेको छ । जैविक विविधता दिवसका उपलक्ष्यमा नेपालमा वन विभाग र वनस्पति विभागसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ÷सङ्गठनका तर्फबाट हाइकिङ, ¥याली, गोष्ठी, अन्तक्र्रियालगायतका चेनतामूलक कार्यक्रम आयोजना गर्ने कार्यक्रम छ । जैविक विविधताको दृष्टिले नेपाल विश्वमा धनी देशका रुपमा चिनिन्छ ।

  • ताजा समाचार